Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमणबाट पूर्वराज्यमन्त्री घिमिरेको निधन


    आइतबार, जेष्ठ ९ २०७८
    665
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर। पूर्वराज्यमन्त्री राधाप्रसाद घिमिरेको कोरोना भाइरस संक्रमणबाट शनिबार राति निधन भएको छ। 

    विराटनगर महानगरपालिका–२ घर भएका ९१ वर्षीय घिमिरेको उपचारका लागि नोबेल शिक्षण अस्पताल लैजाने क्रममा राति करिब ९ बजे निधन भएको पारिवारिक स्रोतले बताएको छ ।  

    शनिबारसाँझ पीसीआर परीक्षण गराउँदा  रिपोर्ट पोजेटिभ आएका घिमिरेको स्वास्थ्यमा समस्या थपिँदै गएपछि उपचारका लागि लगिए पनि अस्पताल पुर्‍याउन नपाउँदै निधन भएको परिवारको भनाइ छ। 

    तत्कालीन राजा वीरेन्द्र शाहले उनलाई पहिलो पटक २०३२ सालमा  सूचना तथा सञ्चार राज्यमन्त्री बनाएका थिए । त्यसपछि अढाई वर्षको अवधिमा सूचना तथा सञ्चार, सामान्य प्रशासन, उद्योगसमेतका नौवटा मन्त्रालयमा क्याविनेटस्तरको राज्यमन्त्रीको जिम्मेवारीमा घिमिरे रहेको परिवारको भनाइ छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार