Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ला लिगा फुटबलको उपाधि एट्लेटिको मड्रिडलाई


    आइतबार, जेष्ठ ९ २०७८
    610
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । स्पेनिस ला लिगा फुटबलको उपाधि एट्लेटिको मड्रिडले जितेको छ ।

    शनिबार राति भएको सिजनको अन्तिम खेलमा रियल भालाडोलिडलाई २-१ गोल अन्तरले पराजित गर्दै एट्लेटिकोले उपाधि जितेको हो । एट्लेटिकोलाई जित दिलाउन एन्जल कोरेया र लुइस सुआरेजले समान एक एक गोल गरे । भालाडोलिड ओस्कार प्लानोले एक गोल फर्काए ।

    यस जितसँगै एट्लेटिकोले ३८ खेलमा ८६ अंक जोड्यो । दोस्रो स्थानमा रहेको रियल मड्रिडले ८४ अंक जोड्यो ।

    पराजित भालाडोलिड भने यस अघि नै रेलिगेसनमा परेको छ । 

    एट्लेटिकोले ७ वर्षपछि ला लिगाको उपाधि जितेको हो । पछिल्लो पटक एट्लेटिकोले सन् २०१४ मा उपाधि जितेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार