Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वाइसियलद्वारा चितवनमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन


    आइतबार, जेष्ठ ९ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र निकट विद्यार्थी संगठन र वाइसियलका युवाहरुले चितवनमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् ।

    शनिबार साँझ रत्ननगरको निपनी चोकमा प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध नाराबाजी गर्दै पुत्ला दहन गरेका हुन् ।

    संसद विघटनको विरोधमा माओवादी केन्द्र निकट विभिन्न संगठनले देशव्यापी आन्दोलन सुरु गरेका छन् । सोही आन्दोलनको क्रममा शनिबार राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

    प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको र त्यो असंवैधानिक कदम भएको भन्दै अन्य राजनीतिक दलहरुले पनि  विरोधमा जनाएका छन ।

    मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति  भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी थिइन । प्रतिनिधिसभा विघटनपछि प्रतिनिधिसभा सदस्यका लागि कात्तिक २६ र मंसिर ३ गतेलाई चुनावको मिति तोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार