काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६(५) अनुसार सरकार गठनका लागि २१ घन्टाको समयसीमा दिएर आह्वान गरिसकेपछि राजनीतिक घटनाक्रम तीव्रतर विकास भइरहेका छन् ।
प्रधानमन्त्री ओलीले आज दिउँसो पत्रकार सम्मेलनमा अल्पमतमा परेकाले धारा ७६(५) अनुुसार सरकार गठनका लागि मार्गप्रशस्त गरेको बताए । राष्ट्रपतिको आह्वान अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार अपराह्न १४९ सांसदको हस्ताक्षर सहित सरकार गठनका लागि दाबी गरे । जसमा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल समूहका २७ सांसदको पनि हस्ताक्षर थियो । त्यसमा माधव नेपाल पक्षका योगेश भट्टराईको हस्ताक्षर थिएन ।
माधव नेपाल पक्षमा सुरुदेखि नै सक्रिय भट्टराई पार्टी एकताका पक्षमा अहोरात्र लागेका थिए । विगतमा मालेमा लागेका कारण पछि परेको महसुस गरेका भट्टराईले देउवालाई प्रधानमन्त्री बनाउने सांसदहरुको सूचीमा हस्ताक्षर गरेका छैनन् । सांगठनिक क्षमता भएका एमालेका युवानेता भट्टराईले ओलीका बिरुद्ध देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर नगरेको बिषयमा चर्चा परिचर्चा भइरहेको छ । सामाजिक संजालमा भटट्राईले लेखेका छन्–आफूले सही गरें वा गलत गरें इतिहासको कठोर मूल्यांकनमा खडा छु ।’ उनको भावुक स्टाटसमा उल्लेख छ–‘आज मेरो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सही गरेंकी, गलत गरें इतिहासको कठोर मूल््याङ्कनमा खडा छु ।’
योगेश भट्टराई प्रधानमन्त्री ओलीको पक्षमा लागे पनि उनका अनुयायी रामकुमारी झाक्रीले हाँसीहाँसी ओलीलाई हटाउने र देउवालाई प्रधानमन्त्री बनाउनका लागि राजीनामा दिएकी छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend