काठमाडाैं । प्रतिनिधिसभाका सांसद एवम् पूर्वमन्त्री महेश बस्नेतले नेकपा (एमाले) प्रतिपक्षमा बस्न तयार रहेको बताउनुभएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी सरकार गठनका लागि आज अपरान्ह ५ः०० बजेसम्म संसद्मा बहुमत पु¥याउन सक्ने कुनै पनि दललाई प्रधानमन्त्रीको दाबी गर्न आह्वान गर्नुभएपछि बस्नेतले आज सञ्चारकर्मीसँग यस्तो प्रतिक्रिया दिनुभएको हो ।
एमालेका केन्द्रीय सदस्यसमेत रहनु भएका सांसद बस्नेतले राष्ट्रपति र प्रधानमन्त्रीलाई बिभिन्न आक्षेप तथा भ्रमपूर्ण टिप्पणी गर्नुभन्दा बहुमत सिद्ध गर्दै सरकारको नेतृत्व गर्न विपक्षी दललाई आग्रह गर्नु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको ७६ धारा (३) अनुसार विश्वासको मत लिन नसक्ने जानकारी मन्त्रीपरिषद्बाट नै निर्णय गराई राष्ट्रपतिलाई जानकारी गराएपछि राष्ट्रपतिले संविधानको ७६ (५) बमोजिम सरकार गठन गर्न आह्वान गरेको भन्दै उहाँले विपक्षी दलले बहुमतसिद्ध गरेर सरकारको नेतृत्व गरे एमाले प्रतिपक्षमा बस्न तयार रहेको बताउनुभयो ।
सांसद बस्नेतले भन्नुभयो, “सरकार र राष्ट्रपतिले संवैधानिक व्यवस्थाअनुसार नै सरकार गठनको आह्वान गर्नु भएको हो, यसलाई बङग््याएर भ्रम फैलाउने, गाली गलौच गर्ने गर्नुभन्दा बहुमत सिद्ध गरेर सरकारको नेतृत्व गरे भइगयो, एमाले प्रतिपक्षमा बस्न तयार छ ।”
कांग्रेस, माओवादीलगायतका दलले बहुमत पु¥याएमा आफू प्रतिपक्षमा बस्न कुनै समस्या नहुने भन्दै सांसद बस्नेततले ओली नेतृत्व सरकारको विरुद्धमा मरिहत्ते गरेर लाग्ने पार्टीलाई विभाजन, फ्लोर क्रस, पार्टीको ह्विपविरुद्ध मतदान गर्ने तथा गर्न लगाउनेजस्ता गैरलोकतान्त्रिक गतिविधिको नेतृत्व कांग्रेस र माओवादीले गरेको आरोप लगाउनुभयो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend