Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आगामी राजनैतिक कदमबारे छलफल गर्न प्रचण्ड देउवा निवासमा


    शुक्रबार, जेष्ठ ७ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रधानमन्त्री नियुक्तिका लागि विश्वासको मत प्राप्त गर्ने आधार पेश गर्न राष्ट्रपतिले दिएको समयसीमा छोटिँदै गर्दा ओलीविरोधी गठबन्धनमा दाैडधुप बढेकाे छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार निर्माणको आव्हान गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काँग्रेस सभापति शेरबहादुर देउवाको निवास पुगेका छन् ।

    प्रचण्ड र देउवाबीच आगामी कदमका लागि छलफल हुने स्राेतले बताएके छ । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने निर्णय लिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले ६ जेठको साँझ संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार निर्माणको आव्हान गरेकी थिइन ।

    देउवाले आजै मध्यान्ह १२ बजे चार दलका चार नेताबीच छलफल हुन लागेको स्राेतले बताएकाे छ । स्राेतका अनुसार काँग्रेससहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका नेता माधव कुमार नेपाल र जसपाका उपेन्द्र यादवसहितको बैठक बस्दैछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार