Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रियसभाको निर्वाचनमा देखिएको लज्जास्पद नाटक


    शुक्रबार, जेष्ठ ७ २०७८
    970
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष एवं सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबार सम्पन्न बाग्मती प्रदेशस्तरिय राष्ट्रियसभाको निर्वाचनको नतिजालाई लिएर नाटकको संज्ञा दिएका छन्। 
     
    प्रदेशको राजधानी हेटौँडामा सम्पन्न भएको उक्त निर्वाचनमा पार्टीका नेता रामबहादुर थापा ‘बादल’माथि विपक्षी गठबन्धनका उमेद्वार डा खिमलाल देवकोटाले सानदार बिजय हाँसिल गरेपछि उनले यस्तो संज्ञा दिएका हुन्। 
     
    बिहीबार राती उपप्रधानमन्त्री पोखरेलले सामाजिक सञ्जालमा ‘राष्ट्रियसभाको निर्वाचनमा देखिएको लज्जास्पद नाटक’ भन्दै यसको ब्याख्या अनौठो तरिकाले गरेका छन्। 
     
    उनले लेखेका छन्, ‘राष्ट्रियसभाका लागि आज भएको उपनिर्वाचनमा देखिएका हर्कतहरु अत्यन्तै निष्कृष्ट र अक्षम्य छन् । यस खाले अराजक कृत्यले नेकपा (एमाले) भित्र बनिरहेको एकताको वातावरण धुमिल बनाइदिएको छ । पार्टी विरूद्धमा आज गरिएका यी अपराधपूर्ण कामले पार्टी विधान, पद्दति , प्रक्रिया, नीति , निर्णय र निर्देशनको वकालत गर्दै भइरहेका नाटक मञ्चनको मुकुण्डो पनि उदांगो भएको छ । आफ्नै पार्टीका अध्यक्षलाई संसदमा विश्वासको मत दिन उपस्थित नहुने , कर्णालीको प्रदेश सभामा फ्लोर क्रस गर्ने, लुम्विनीमा त्यसैको पुनरावृत्ति गर्न खोज्ने , ‘सूर्य’ चिन्ह बाहक आफ्नै उम्मेदवारलाई हराउन विपक्षीहरुको गोटी बन्ने तर अनेक भ्रमपूर्ण र आपराधिक समाचारहरू सम्प्रेषण गर्ने जस्ता निर्लज्ज र अपराधपूर्ण कामहरू कम्युनिष्ट आन्दोलन र संसदीय/ लोकतान्त्रिक आन्दोलनका लागि लज्जास्पद विषय हुन् ।
    यद्यपि आजको निर्वाचनले एमाले विरोधी महागठबन्धनका बाबजुद नेकपा (एमाले) एक्लै चुनौतीको सामना गर्न सक्षम छ भन्ने कुरा आज स्पष्ट भएको छ । विषम अबस्थामा पार्टी विभाजनका विरूद्ध दृढतापूर्वक उभिदै पार्टी र आन्दोलनको रक्षामा जुट्न आवश्यक छ ।’
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार