काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता गगन थापाले नयाँ सरकार बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गर्नुपर्ने वताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नयाँ सरकार गठनका लागि प्राप्त समयसीमा भित्रै बहुमत पुर्याएर नयाँ सरकार गठन गर्नुपर्ने थापाको तर्क छ।
नेता थापाले नयाँ सरकार गठन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर बिदा गर्नुपर्ने पनि उल्लेख गरेका छन्।
थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विश्वासको मत लिन मन नलाग्ने प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रक्रिया शुरु गर्ने हो। नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो । गनगन गरेर नबसौं, सुझबुझ पुर्याऔं र यीनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर रापलाई बिदा गरौं।’
बिहीबार बेलुका मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ उपधारा ५ बमोजिम बैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी थिइन ।
विश्वासको मत लिन मन नलागे प्रमले राजिनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो
नेतागण,के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो?जानेर गरेको हो।
गनगन गरेर नबसौं।सुझबुझ पुर्याउँ र
यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं,महाअभियोग लगाएर रापलाई बिदा गरौं।— Gagan Thapa (@thapagk) May 20, 2021
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend