Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एयरलाइन्सले टिकेटिङमा अनियमितता गरे कारवाही गर्ने मन्त्रालयकाे चेतावनी


    बिहिबार, जेष्ठ ६ २०७८
    645
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयरलाइन्सले टिकेटिङमा अनियमितता गरेको जानकारी भएमा कारवाही गरिने जनाएको छ ।

    यदि एयरलाइन्सले टिकेटिङमा अनियमिता गरेको जानकारी भए मन्त्रालयको ईमेल : info@tourism.gov.np,it@tourism.gov.npवा नेपाल नागरिक उड्डयन प्राधिकरणको इमेल  dgca@caanepal.gov.np मा प्रमाणसहित पठाएमा त्यस्तो व्यक्ति वा संस्थालाई नियमानुसार कारवाही प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता मन्त्रालयले जनाएको छ ।

    कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख २३ देखि जेठ १७ सम्म अन्तरराष्ट्रिय तथा राष्ट्रिय उडान स्थगन गरेको छ । एयर बबल सम्झौताअन्तर्गत रहेर स्वास्थ्य मापदण्ड पालना हुने गरी काठमाडौँबाट भारतको नयाँ दिल्लीसम्म सातामा दुई उडान सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ ।

    यसै क्रममा विभिन्न देशबाट पर्वतारोहण, पर्यटन र कूटनीतिक प्रयोजनका लागि नेपालमा आएर रोकिएका यात्रुलाई गन्तव्य स्थानमा बहिर्गमन गर्नका लागि भारत, युरोपेली सङ्घ, अमेरिका, रुसलगायत नेपालस्थित राजदूतावासबाट अनुरोध गरिएअनुसार प्रस्थानका लागि उडान अनुमति प्रदान गरिएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार