Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काेराेना अपडेट: बाँकेमा थप ८ जना संक्रमितको मृत्‍यु


    बिहिबार, जेष्ठ ६ २०७८
    615
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बाँके । बाँकेको विभिन्‍न अस्पतालमा उपचाररत थप ८ जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । बुधबार ५ बजे साँझदेखि बिहीबार बिहान साढे १ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।

    जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ३/३ जना बाँके र बर्दिया, १/१ जना दाङ र कैलालीका छन् ।

    भेरी अस्पतालमा उपचाररत डुडुवा गाउँपालिका-५ बाँकेकी २८ वर्षीया महिलाको बुधबार साँझ ५ बजे, खजुरा गाउँपालिका-३ बाँकेकै ८५ वर्षीय पुरूषको बुधबार साँझ ५: ४५ बजे र राप्तीसोनारी गाउँपालिका-६ बाँकेकै ५४ वर्षीय पुरुषको बिहीबार नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्‍यु भएको छ ।

    यस्तै भेरी अस्पतालमै उपचाररत बासगढी नगरपालिका-४ बर्दियाका ४२ वर्षीय पुरूषको बुधाबार साँझ ६:३० बजे, बढैयाताल गाउँपालिका-८ बर्दियाका ४५ वर्षीय पुरूषको बुधबार राति ८:३० बजे र गुलरिया नगरपालिका-४ बर्दियाकी ६१ वर्षीया महिलाको बिहीबार विहान १:१५ बजे मृत्‍यु भएको छ।

    भेरी अस्पतालमा उपचाररत तुलसीपुर उपमहानगरपालिका-३, दाङका ६५ वर्षीय पुरुषको बुधबार साँझ ७:३० बजे र घोडाघोडी नगरपालिका-४, कैलालीका ४५ वर्षीय पुरूषको बिहीबार विहान १ बजे मृत्‍यु भएको छ ।

    योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २५६ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका २१४ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार