एजेन्सी । इटालियन कप ‘कोपा इटालिया’को उपाधि युभेन्टसले जितेको छ। गएराती भएको फाइनल खेलमा चिरप्रतिद्वंदी एटलान्टालाई गोलले २-१ पराजित गर्दै युभेन्टसले घरेलु कपको उपाधि जितेको हो ।
युभेन्टसको जितमा खेलको ३१ औं मिनेटमा देजान कुलुसेवस्की र ७३ औं मिनेटमा फेडेरिको चिएसाले समान एक-एक गोल गरे। त्यस्तै, एटलान्टाका लागि रुस्लान मालिनोवस्कीले ४१ औं मिनेटमा एक गोल गरेका थिए।
युभेन्टसको कोपा इटालियाको उपाधि १४ औं पटक उचालेको हो । उसले सन् १९६३ पछि पहिलो पटक यो उपाधि हात पारेको हो। प्रशिक्षक आन्द्रे पिर्लोको नेतृत्वमा युभेन्ट्सले पहिलो उपाधि हात पारेको हो ।
प्रतियोगिता करिब साढे ४ हजार दर्शक समक्ष खेलाईएको थियो ।