Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • क्यान्सरबाट ग्रसित वरिष्ठ पत्रकार घिमिरेको निधन


    बुधबार, जेष्ठ ५ २०७८
    750
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • महोत्तरी । वरिष्ठ पत्रकार दीलिप घिमिरेको क्यान्सरका कारण निधन भएको छ । महोत्तरीको भङ्गाहा नगरपालिका–६ हतिसर्वाका बासिन्दा ६३ वर्षीय घिमिरेको आज बुधबार भक्तपुरमा निधन भएको हो ।

    घिमिरे लामो समयदेखि क्यान्सरबाट ग्रसित हुनुहुन्थ्यो । विद्यार्थी कालदेखि नै ंपञ्चायतविरोधी आन्दोलनमा होमिनुभएका घिमिरेले २०३५ देख नै पत्रकारिता शुरु गर्नुभएको उहाँका भाइ पत्रकार अनिल घिमिरे सम्झनुहुन्छ । काठमाडौंबाट प्रकाशित हुने ‘मातभूमि’ र ‘समीक्षा’ साप्ताहिकबाट पत्रकारिता शुरु गर्नुभएका घिमिरेले २०३८ सालबाट आफ्नै प्रकाशन÷ सम्पादनमा ‘हिमज्योति’ साप्ताहिक प्रकाशन शुरु गर्नुभएको थियो ।

    पञ्चायतकालमा विष्णुबहादुर मानन्धर नेतृत्वको नेकपासँग नजिकिएर प्रजातान्त्रिक आन्दोलनमा लागेका घिमिरेलाई समाचार लेखेकै कारण पञ्चायती सरकारले पक्राउ गरी थुनामा राखेको थियो । त्यसबेला घिमिरेविरुद्ध राजकाज अपराध मुद्दा चलाइएको महोत्तरीका वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानि कुँवरकान्त झा बताउनुहुन्छ । विसं. २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा पनि थुनामा पर्नुभएका घिमिरेलाई आन्दोलनको सफलतापश्चात प्रजातान्त्रिक आन्दोलनमा उहाँको योगदानलाई कदर गर्दै २०४७ सालमा तत्कालीन अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सम्मानित गर्नुभएको थियो ।

    निरन्तर ३० वर्ष भन्दा बढी सक्रिय पत्रकारिता गरेकामा नेपाल पत्रकार महासङ्घ, धनुषा शाखाले पनि घिमिरेलाई सम्मान गरिसकेको छ । घिमिरेको निधनमा नेपाल पत्रकार महासङ्घ, महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डल, बर्दिबास नगर पत्रकार सञ्जाल, महोत्तरीका अध्यक्ष विक्रमप्रसाद रौनियार र प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल र प्रेस मञ्च नेपाल महोत्तरी शाखाले विज्ञप्ति जारी गर्दै घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका छन् । घिमिरेका पत्नी र दुई छोरी छन् । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार