नवलपरासी पश्चिम। पूर्वपश्चिम राजमार्गको दाउन्नेमा बस दुर्घटना हुँदा कम्तिमा ४ जनाकोमृत्यु भएको छ ।
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धम्रेन्द्र मिश्रका अनुसार दुर्घटनामा परेर अहिलेसम्म ४ जनाको मृत्यु भएको छ । एक जना बसमै च्याएको अवस्थामा पाइएको छ ।
काठमाडौंबाट रुकुमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस बुधबार बिहान बर्दघाट नगरपालिकाको दाउन्नेको खुर्सानी खोलामा दुर्घटनामा परेको हो ।
‘दुर्घटनामा परेर घाइते भएकाहरुलाई प्रहरी टोलीले उद्धार गरिरहेको छ, बसमा कति यात्रु थिए र कति घाइते भए भन्ने विस्तृत विवरण आएको छैन, मिश्रले भने।