Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपमेयर चौधरीको शोकमा आज सप्तरीका स्थानीय तह बन्द


    बुधबार, जेष्ठ ५ २०७८
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको निधनको शोकमा सप्तरीका १८ वटै स्थानीय तह आज (बुधबार) बन्द गरिने भएको छ ।

    उपमेयर चौधरीको निधन भएको शोकमा बुधबार जिल्ला भरिका सबै स्थानीय तहका शाखा/उप शाखा र वडा कार्यालय समेत बन्द गरिने भएको हो ।

    पालिका प्रमुखहरुको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले जानकारी दिए ।

    कोरोना संक्रमित सप्तकोशी नगरपालिकाकी उपमेयर चौधरीको उपचारका क्रममा हिजो बिहान विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार