Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपनिर्वाचनका लागि बादलले सहयोग माग्दा नेपालले दिएनन् जवाफ


    मंगलबार, जेष्ठ ४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । जेठ ६ गते हुने बागमती प्रदेश राष्ट्रिय सभाको उपनिर्वाचनबारे छलफल गर्न नेता माधव कुमार नेपाल निवास कोटेश्वर पुगेका गृहमन्त्री रामबहादुर थापा बादलले निर्वाचनका लागि सहयोग मागेका छन्।

    माधव नेपाल पक्षको एमाले पृष्ठभूमिका खिमलाल देवकोटालाई समर्थन रहेकाले बादलले सहयोग मागे पनि नेपालले भने कुनै जवाफ दिएका छैनन्।

    २०७४ मा एमाले-माओवादी गठबन्धनबाट निर्वाचन लडेका बादलको कार्यकाल ६ वर्षको थियो। २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले-माओवादी एकता भंग गरिदिएसँगै बादल एमाले प्रवेश गरेका हुन्।

    अहिले बादल एमालेको तर्फबाट उम्मेदवार बनेका छन् भने विपक्षी (कांग्रेस-माओवादी) गठबन्धनको तर्फबाट खिमलाल देवकोटा उम्मेदवार बनेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार