काठमाडौं । नेपालमा रोकिएका भारतीय नागरिक बोकेर आज त्रिभुवन विमानस्थबाट पाँच वटा जहाज साउदी अरेवियाका लागि उड्दैछन् ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज हिमालय एयरलाइन्सका तीन र नेपाल एयरलाइन्सका दुई जहाज साउदी जान लागेका हुन् ।
यसमध्ये हिमालयका दुई जहाज बिहान उडिसकेका छन् । हिमालयको एक र नेपाल एयरलाइन्सका दुई जहाज साँझ उड्नेछन् ।
नेपालमा निषेधाज्ञा घोषणा नहुँदै नेपाल आई काठमाडौंमै रोकिएका भारतीय नागरिकलाई भारत र साउदी सरकारको सहमतिमा उडानको बाटो खोलिएको हो ।
यस्तै, आज नेपालमा रहेका रसियाली नागरिकलाई घर फर्काउन रसियन एयरलाइन्सको जहाज मस्कोबाट आएको छ । यो जहाज मस्कोका लागि उडिसकेको विमानस्थल कार्यालयले जनाएको छ ।