Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ताउते आँधीले समुद्रमा भारतीय जहाज डुब्यो, १३० जना बेपत्ता, अर्को जहाज पनि डुब्ने त्रास


    मंगलबार, जेष्ठ ४ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काडमाडाैं । मुम्बईबाट १७५ किलोमिटर टाढा हिरा ओयल फिल्ड्स नजिकै ताऊ ते आँधीका कारण फसेको भारतीय जहाज पी–३०५ समुद्रमा डुबेको छ ।

    भारतीय नौसेनाले यसमा सवार १४६ जनालाई बचाएको जबकी १३० भन्दा बढी हराइरहेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

    यसै स्थानमा अर्को एउटा भारतीय जहाज फसेको छ । यसमा सवार मानिसहरुलाई बचाउनका लागि आइएनएस कोलकातालाई पठाइएको छ । यसमा १३७ जना सवार भएको बताइएको छ । यीमध्ये ३८ जनालाई सुरक्षित निकालिएको छ ।

    भारतीय नौसेनाका प्रवक्ता कमान्डर विवेक मधवालले भने, ‘बम्बे हाई इलाकास्थित हिरा तेल क्षेत्रमा जहाज ‘पी–३०५’ को मद्दतका लागि आइएनएस कोच्चिलाई पठाइएको थियो । आइएनएस तलवारलाई पनि खोज र राहत अभियानका लागि तैनाथ गरिएको थियो । अर्को जहाज अर्थात् जीएएल कन्स्ट्रक्टरबाट पनि आपतकालीन मेसेज पाइएको थियो जसमा १३७ मानिसहरु सवार छन् र त्यो मुम्बई तटबाट आठ नटिकल मील टाढा छ । यसको मद्दतका लागि आइएनएस कोलकातालाई पठाइएको छ । नेवीको हेलिकोप्टर स्ट्यान्ड बाय राखिएको छ । मौसममा थोरै सुधार भएपछि यसलाई उद्धारमा लगाइनेछ ।  ’

    कमान्डर मधवालले यसअघि सोमबार अरब सागरमा चक्रवातका कारण डामाडोल भएको भारतीय टगबोट कोरोमंडल सपोर्टर क्ष्ह् मा फसेका चालक दलका चार सदस्यलाई हेलिकोप्टरमार्फत् बचाइएको जानकारी दिए । उनका अनुसार समुद्रमा फसेको यो जहाजको मेसिनरी युक्त हिस्सामा पानी भरिएको थियो जसका कारण यो अघि बढ्न सकेको थिएन । यसको बिजुली आपूर्ति पनि बन्द भएको थियो ।

    चक्रवातलाई मध्यनजर गर्दै भारतीय नौसेनाका ११ गोताखोर दल तयारी अवस्थामा राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार