काठमाडाैं । सोमबार बिहान मकवानपुरबाट खटिएको प्रहरीले ट्रकमा लोड गरिएको एक क्विन्टल गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।
मकवानपुर प्रहरीका अनुसार ना२ख ९८६२ नम्बरको ट्रकबाट एक क्वीन्टल गाँजा बरामद भएको हो।
पक्राउ पर्नेमा काभ्रे महाभारत गाउँपालिका-५ का ४९ वर्षीय आइतेबहादुर ठाडामगर, मकवानपुर भीमफेदी गाउँपालिका-९ का ४१ वर्षीय राजकुमार तामाङ र कैलाश गाउँपालिका-१० का ३६ वर्षीय सुविन रुम्बा छन्।
ठाडामगर ट्रकका चालक हुन्। तामाङ र रुम्बा गाँजा ओसारपसारमा संलग्न व्यक्ति रहेको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।
उनीहरूलाई लागुऔषध मुद्दामा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको राठौरले बताए।