Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सप्तरीकी उपमेयर चौधरीको कोरोना संक्रमणबाट मृत्यु


    मंगलबार, जेष्ठ ४ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सप्तरी। जिल्लाको उत्तरी भेगमा रहेको सप्तकोशी नगरपालिकाका उपप्रमुख (उपमेयर)आशा चौधरीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । आज बिहान विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै मृत्यु भएको कञ्चनरुप नगरपालिका निवासी उत्तम आचार्यले जानकारी दिए ।

    दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई स्थानीय स्वास्थ्यचौकीमा भर्ना गरिएको थियो ।  त्यसपछि एन्टिजेन परीक्षण गर्दा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए । 

    गर्भवतीसमेत रहेकी उनलाई १० दिनअघि अस्पताल भर्ना गरी आइसीयूमा राखिएको थियो । तीन दिनअघि मात्रै उनको पेटमा भएको बच्चा पनि मृतावस्थामा निकालिएको थियो । बच्चाका कारण पनि उनलाई थप असहज भएको स्वास्थ्यकर्मीको भनाइ छ ।

    उपचारका क्रममा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो । मृतक चौधरीका पति र सात वर्षीय एक छोरा छन् । यससहित सप्तकोशीमा कोरोनाका कारण मर्नेको सङ्ख्या तीन पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार