Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मेक्सिकोकी एन्ड्रियालाई ‘मिस यूनिभर्स २०२०’को उपाधि


    मंगलबार, जेष्ठ ४ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी। ‘मिस यूनिभर्स २०२०’को उपाधि मेक्सिकोकी एन्ड्रिया मेजाले जितेकी छिन् ।

    आइतबार राति अमेरिकाको फ्लोरिडा सहरमा आयोजना भएको प्रतियोगितामा सफ्टवेयर इन्जिनियरिङमा डिग्री हासिल गरेकी मेजाले उपाधी जितेकी हुन्। 

    प्रतियोगितामा ब्राजिलकी जुलिया गामा र पेरुकी ज्यानिक मासेटा क्रमश फस्ट र सेकेन्ड रनरअप भएका छन् ।

    उपाधि जितेकी मेजालाई यदि तपाई देशको लिडर हुनुभयो भने कोभिड १९ नियन्त्रणका लागि कस्तो कदम चाल्नुहुन्छ भन्ने प्रश्न सोधिएको थियो। जसमा उनले उत्कृष्ट जवाफ दिदै उपाधी जितेकी हुन् ।

    यो प्रतियोगीतामा नेपालको तर्फबाट अनिष्का शर्माले पनि सहभागीता जनाएकी थिइन् । तर, अनिष्का उत्कृष्ट २१ सम्म पनि पुग्न सकिनन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार