Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २१४ जनाको मृत्यु, ९,२४७ जनामा संक्रमण


    सोमबार, जेष्ठ ३ २०७८
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २ सय ४७ जना कोरोना संक्रमित थपिएका छन्।

    देशभरका विभिन्न प्रयोगशालामा गरिएको एन्टिजेन र पिसिआर परीक्षणका क्रममा सोमबार थप ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका  अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालाबाट २१ हजार ६ सय ५३ जनामा पिसिआर विधिबाट नमूना परीक्षण गर्दा ९ हजार १ सय ९८ मा पोजेटिभ देखिएको र ४ सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा पोजेटिभ देखिएको थियो।

    गत २४ घण्टाको अवधिमा २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै मृत्यु हुनेको  संख्या ५२१५ पुगेको छ।

    देशभर ७०८ जना क्वारेन्टिनमा रहेका छन्।

    पछिल्लो २४ घण्टामा ५७६७ जना डिस्चार्ज भएका छन्। योसँगै अहिलेसम्म  ३ लाख ४५ हजार ५ सय २३ कोरोनामुक्त भएका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार