Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • महामारीमा जागिर खानेको भीड, वीर अस्पतालले १ सय नर्स माग्दा १८ सयको आवेदन


    सोमबार, जेष्ठ ३ २०७८
    820
    Shares
    Basu Dev Paudel
  • ७ मिनेट पाठ
  • काठमाडौं । देश कोभिड संक्रमणले आक्रान्त छ । दिनमा २ सय २५ सय जनासम्म संक्रमित मृत्युको मुखमा पुगेका छन् । अस्पतालमा बेड अभावमा संक्रमितको मृत्यु भैरहेको बेला वीर अस्पतालका केही  पदाधिकारी र प्रशासक भने कर्मचारी भर्नामा लाखौ उठाउँदै आफ्नो मान्छेलाई जागिर खुवाउन लागिपरेका छन् ।

     कोभिड महामारी नियन्त्रणमा वीर अस्पतालले उचित भूमिका खेल्न नसकेको आरोप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरोप लगाइरहेको र गएको शनिवार प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा पनि यो कुरा उठेको थियो । बैठकमा वीर अस्पताल प्रशासनले खरिद एकाईबाट हुने गरेको अनियमितता रोक्न नसकेको र निर्देशक अक्षम भएकोमा आलोचना भएको थियो  ।

    वीर अस्पताल आकस्मिक बिभागका लागि ८ जना नर्स र १४ जना डाक्टर माग भएकोमा २ सय नर्सले निवेदन दिइसकेका छन् भने २ ३जना डाक्टरको निवेदन परेको छ । नयाँ सर्जिकल भवनमा कोभिडका २ सय शैय्या संचालन  गर्ने यही २२ गते १ सय नर्स र ३ जना वरिष्ठ डाक्टर माग भएकोमा २४ गते अन्तिम दिन सम्म १८ सय जना नर्सले निवेदन दिएका थिए । हाल सर्जिकल भवन तत्काल सन्चानल गर्नुपर्ने भएकाले १८ सय जनाको परीक्षा लिएर कर्मचारी भर्ना गर्न असम्भव हुने भन्दै छिटोछरितो उपाय अपाउनेबारेमा छलफल भइरहेको छ । १८ सयबाट सर्टलिस्टिङ गरेर कर्मचारी राख्ने तयारी गरिरहँदा सो सूचीमा आफूनिकट शाखा अधिकृत रमण खड्कालाई जिम्मा दिई आफ्ना ५५ जना, ९ जना रेक्टरका १५ जना निर्देशकका, १९ जना भीसीका र मन्त्रालयका २१ जना भन्दै  नाम अस्पताल प्रशासनको छनौट समितिले बुझाएको स्रोतले बताएको छ ।

    नाम नवताउने सर्तमा प्रशासनमा कार्यरत एक कर्मचारी भन्छन्–‘यस्तो महामारीमा ज्यान जोखिममा राखेर काम गर्छु भन्ने नर्सलाई पनि रकम लेनदेनका आधारमा राख्न खोज्नु बिडम्बना हो, योग्य र सक्षम कर्मचारी नआउनु अस्पतालका लागि दुर्भाग्य हो । अस्पतालका निर्देशकदेखि पदपूर्ति समितिले महामारीमा पनि कर्मचारी भर्नामा अनियमितता गर्ने कार्य खेदजनक छ ।’ 

     कर्मचारी भर्ना गर्नका लागि सर्टलिष्टिेड गर्न डा सुवोध अधिकारीले विवादमा परेका शाखा अधिकृतलाई राखेको आरोप छ । सर्टलिष्टिङ गर्दा डा. अधिकारीले दिएको सूची अनुसार मात्र कर्मचारी छनोट गरिएको स्रोत बताउँ छ ।  प्रशासनलाई पनि ती अधिकृतले दवाव दिएर सर्टलिष्टिङमा हस्ताक्षर गर्न लगाएको समितिकै कर्मचारीले गुनासो गर्न थालेका छन् । सट लिष्टिङ पारदर्शी गर्नु पर्छ भन्छन् तर  निर्देशक, रेक्टर र केही कर्मचारी नेताले दिएका नामहरु भने फाइल हेर्दे नहेरी हुन्छ हुन्छ भन्दै लिष्टमा हाल्छन् । सबैको फाइल हेर्ने हो भने थाहा हुन्छ निर्देशक, रेक्टर र केही कर्मचारी नेताका सिफारिसका मात्र नाम परेका छन् । यसमा अप्रत्यक्षरुपमा डा सुवोध अधिकारीको मिलेमतो रहेको छ । सर्टलिष्टिङमा घुस उठाएको थाहा पाएर कर्मचारीले उपकुलपति साहसमक्ष गम्भीर ध्यानाकर्षण गराएका थिए । उपकुलपति साहले म हेर्छु भने तर अनियमितता गर्ने समूहका अघि भीसीको पनि केही चलेन । कर्मचारी सघले स्वास्थ्य मन्त्रालय, अख्तियार र प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका थिए । सो थाहा पाएपछि बिरोध गर्ने कर्मचारीलाई न्याम्स बिरोधी र अनियमितता गर्ने समूहले सरुवा गरिदिने, कारवाही गर्ने, जागिरबाटै बर्खास्त गर्ने भन्दै धम्क्याउने गरेका छन् । 

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) बिरोधी समूहले नयाँ जागिर दिने नर्स र उनीहरुका ऐजेन्टलाई  वोलाएर पैसा लिने गरेको  निर्देशक कार्यलय स्रोत  बताउँछ । अस्पतालमा कोभिडको टिम ज्यान दिएर फिभर क्लनिक, पीसीआर, जेनेटिक, प्याथोलोजी र फोकल पर्सन इमर्जेन्सीमा काम गरिरहेको छ । अस्पतालमा अक्सिजन छैन,  इमरजेंसी, आइसीयु र  कोभिड वार्डमा अक्सिजन नभएर दिनदिनै  बिरामी मृत्युबरण गर्दैछन् तर कमिसन मोहले अक्सिजन मेसिन खरिद गरिएको छैन । नयाँ भवनमा कुन आपूर्तिकर्तासग कतिमा अक्सिजन प्लान्ट, आइसीयु बेड, भेन्टीलेटर, मनिटर लगायत उपकरण किन्ने भनेर खरिद इकाईका कर्मचारी रातदिन मोलमोलाईमा तल्लीन रहेका छन् ।

    राष्ट्रिय सर्तकता केन्द्रले कारबाही सिफारिश गरेका खरिद प्रमुख भगवती थपलिया, स्वास्थ्य मन्त्रालयबाट खरिदमा बस्न भनी आएका शाखा अधिकृत रमण र खरिद टिमले रेक्टर डा. सुबोध अधिकारी  र डिन पियुष दाहालसँग कुरा भैसकेको छ भन्दै मोलमोलाई गरेको स्रोतले बताएको छ । स्रोतका अनृुसार खरिद इकाईको टीम रेक्टर र डिनको नाम भजाउँदै कमिसन दिनेलाई मिल्नेगरी उपकरणको स्पेसिफिकेसन बनाइरहेको छ ।

    सर्जिकल बिभाग स्रोतका अनुसार उपकरण चलाउने हामी तर स्पेक बनाउने उनीहरू ? सर्जिकल विभागकै एक चिकित्सकले भने, डा सुवोध र भीसीले भगवती थपलियालाई धेरै विश्वास गरेकाले  हरेक कुरामा अत्तो थाप्न उनी सफल हुँदैआएकी छन् । खरिद इकाईका कर्मचारीको कमिसन मोहले मनिटर, भेन्टीलेटर र अक्सिजन प्लान्ट खरिद नहुँदा अस्पतालमा उपचार नपाएर दिनदिनै मृत्यु हुनेको संख्या बढेको छ । 
    त्यस्तै, अस्पतालमा जोखिम मोलेर काम गर्ने कर्मचारीलाई आवश्यक स्वास्थ्य सुरक्षा सामग्री छैन । समयमा तलव भत्ता, स्वास्थ्य बिमा, कोभिड भत्ता, शिक्षक र रेजिडेन्टलाई शैक्षिक भत्ता छैन । अस्पतालमा आइसीयु, भेन्टीलेटर, र अक्सिजन छैन तर अनियमिततामा संलग्न खरिदका कर्मचारी उपकरण मर्मत नगर्ने, नयाँ उपकरण किन्न र कमिसन खान आफूनिकटसँग स्पेक मगाउँदै बसेका छन् । जसलाई न्याम्सका निर्देशक, रेक्टर र भीसीले काखी च्यापेका छन् ।

    कोरोना महामारीले भयाबह रुप लिइसक्दा पनि नयाँ बनेको ५ सय २० शैय्याको भवन संचानलमा न्याम्सका पदाधिकारीको ध्यान छैन । भवन सन्चानलमा मन्त्रालयले हस्तक्षेप गर्नुपरेको छ । काठमांडौ महानगरले शुक्रवार मात्र १५ बटा भेन्टीलेटर र ५० बटा मनिटर दिने निर्णय गरेको छ भने अक्सिजन प्लान्ट आवश्यक भए महानगरलाई पत्र लेखी माग गर्ने भनेको छ तर खरिदको रैथाने कमिसनखोर टिम भने सो सामान आफूनिकटसँग खरिद गर्ने र भीसी डा. डीएन साह र डा. सुवोधको सहमति भैसकेको भन्दै चलखेल गरिरहेका छन् ।

    ऐनेस्थेसिया र सर्जिकल बिभागलाई थाहै नदिई सामानको स्पेक बनाइएको छ । जबकि दुवै विभागका अधिकारीलाई पनि राखेर स्पेक बनाउनुपर्छ । आफूहरुलाई थाहै नदिई स्पेक बनाएकोमा दुवै विभागका चिकित्सक रूष्ट छन् ।  वीर अस्पतालका बरिष्ट डाक्टर भन्छन्– वीरको इतिहास मा अहिलेको जस्तो अनियमिततामा लिप्त पदाधिकारी केही थिएनन् र अव आउने पनि यस्ता हँुदैनन्  होला । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार