Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतमा नयाँ संक्रमितको संख्या २६ दिनयताकै कम, मृतकको संख्या भने घटेन


    सोमबार, जेष्ठ ३ २०७८
    665
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । भारतमा कोरोना संक्रमणको दरमा लगातार कमी देख्न पाइएको छ । आइतबार भारतमा २ लाख ८१ हजार ६८३ व्यक्तिमा कोरोना पुष्टि भयो । २७ दिनमा आइतबार पहिलो पटक ३ लाखभन्दा कम नयाँ संक्रमितको पहिचान भएको हो । यसअघि २० अप्रिलमा कोरोनाका २.९४ लाख नयाँ संक्रमित देखिएका थिए ।

    यद्यपि, कोरोनाका कारण ज्यान गुमाउनेको आँकडामा भने खासै कमी आएको छैन । पछिल्लो २४ घण्टामा यहाँ ४,०९२ जनाको मृत्यु भएको छ । राहतको कुरा के छ भने यतिबेला ३ लाख ७९ हजार ३८८ व्यक्तिले कोरोना जिते पनि । यो एक दिनमा निको हुने दोस्रो सर्वाधिक आँकडा हो । यसअघि ८ मार्चमा ३.८६ लाख व्यक्ति कोरोनाद्वारा निको भएका थिए ।

    यसै गरी सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका व्यक्तिको आँकडामा रेकर्ड एक लाख ८४६ को कमी भएको छ । यो देशमा महामारीको सुरुवातपछि सक्रिय संक्रमितमा भएको सबैभन्दा ठूलो गिरावट हो । हाल भारतमा ३५ लाख १२ हजार ६६० कोरोना संक्रमितको उपचार चलिरहेको छ ।

    भारतमा कोरोना महामारी आँकडामाः

    पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितः २.८१ लाख

    पछिल्लो २४ घण्टामा कूल मृत्युः ४,०९२

    पछिल्लो २४ घण्टामा निको भएकाः ३.७८ लाख

    हालसम्मका कूल संक्रमितः २.४९ करोड

    हालसम्म निको भएकाः २.११ करोड

    हालसम्म कूल मृत्युः २.७४ लाख

    हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३५.१२ लाख

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार