Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ला लिगा उपाधि भिडन्तमा थप रौनकता, रियल-एट्लेटिक दुवैको साँघुरो जित


    सोमबार, जेष्ठ ३ २०७८
    605
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड र एट्लेटिको मड्रिडले साँघुरो जित निकालेका छन्। 

    आइतबार राति भएको खेलमा रियलले एथ्लेटिक बिल्बाओलाई बिल्बाओकै मैदानमा १-० गोल अन्तरले पराजित गरेको हो ।

    रियललाई जित दिलाउन नाचो फेर्नान्डेजले ६८ औँ मिनटमा एक मात्र निर्णायक गोल गरे ।

    जितसँगै रियलले ३७ खेलमा ८१ अंक जोडेको छ ।

    यस जितसँगै  दोस्रो स्थानको रियलले उपाधि जित्ने सम्भावना कायम राखेको छ ।

    यस्तै, गएराती भएको अर्को खेलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले पुनरागमन जित निकालेको छ । एट्लेटिकोले ओसासुनालाई २(१ गोल अन्तरले पराजित गरेको हो ।

    खेलको ७५ औं मिनेटमाएन्ट बुदिमिरले गोल गर्दै ओसासुनालाई अग्रता दिलाएका थिए । तर, खेलको ८२ औं मिनेटमा रिनन लोडीले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काए । त्यसपछि खेलको ८८ औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै एट्लेटिकोलाई २-१ को जित दिलाए ।

    जितसँगै एट्लेटिकोले ३७ खेलमा ८३ अंक जोडेको छ । र, एट्लेटिले उपाधि जित्ने सम्भावना बलियो बनाएको छ। 

    अब प्रतियोगितामा एक मात्र खेल खेल्न बाँकी रहेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार