Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पछिल्लो २४ घण्टामा थप ७३६८ जनामा कोरोना संक्रमण पुष्टि, १४५ जनाकाे मृत्यु


    आइतबार, जेष्ठ २ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप सात हजार ३ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

    देशभरका विभिन्न प्रयोगशालामा गरिएको एन्टिजेन र पिसिआर परीक्षणका क्रममा आइतबार थप सात हजार ३ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

    उनका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालाबाट १९ हजार ५ सय ३९ जनामा पिसिआर विधिबाट नमूना परीक्षण गर्दा ७ हजार ३ सय १६ मा पोजेटिभ देखिएको र ३ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा पोजेटिभ देखिएको थियो।

    गत २४ घण्टाको अवधिमा १४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

    यसैगरी, काठमाडौं उपत्यकामा काठमाडौंमा १८८१, भक्तपुर २९२ र ललितपुरमा ४३६ संक्रमित थपिएका छन्। 

    देशभर ७०१ जना क्वारेन्टिनमा रहेका छन्। पछिल्लो २४ घण्टामा ६६४८ जना डिस्चार्ज भएका छन्।

    देशभर १३१३ जना आइसियूमा रहेका छन् भने त्यसमध्ये ३८० जना भेन्टिलेटरमा उपचाररत  छन्।

     

    । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार