Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • विराटनगरमा कोरोनाबाट थप आठ जना मृत्यु


    शनिबार, जेष्ठ १ २०७८
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मोरङ। कोरोना  संक्रमणबाट  विराटनगरमा थप आठ जनाको ज्यान मृत्यु भएको छ । कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्र, नोबेल अस्पताल र विराट मेडिकल शिक्षण अस्पतालमा आठ जना कोरोना संक्रमितको शनिबार मृत्यु भएको हो ।

    मृत्यु हुनेमा विराटनगर–१० का ७७ वर्षीय पुरुष, विराटनगर–९ का ६७ वर्षीय पुरुष र उर्लाबारी नगरपालिका–७ की ५८ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए ।

    यस्तै विराटनगर महानगर–८ का ६४ वर्षीय पुरुष, विराटनगर–५ की ५२ वर्षीया महिला, विराटनगर–१ का ४५ वर्षीय पुरुष र सुनसरीको इटहरी उपमहानगर–२ की ५५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको नोवेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।
    यस्तै सप्तरीका ५३ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको विराट मेडिकलका कोभिड अस्पताल इन्चार्ज डा. सुनिल देवले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार