Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • आजको मौसम पूर्वानुमान


    शनिबार, जेष्ठ १ २०७८
    3.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  जल तथा मौसम पूर्वानुमान महाशाखाले आज शनिबार देशभर मौसमको  जानकारी सार्वजनिक गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत अन्य केही जिल्लाहरुमा मौसम परिवर्तन भइ हल्का घाम लाग्ने छ । साथै, केही उच्च पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ ।

    त्यस्तै, दिउँसो पनि देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी भु–भागहरूमा आंशिक बदली रहने बताइएको छ । यसैगरी देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    त्यस्तै, राति पनि देशका प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहेने छ । प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन रचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार