Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अक्सिजन सिलिण्डर लिन आज नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदै


    शनिबार, जेष्ठ १ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। छिमेकी राष्ट्र चीनले अनुदानमा उपलब्ध गराएको अक्सिजन सिलिण्डर लिन आज  नेपाल एयरलाइन्सको वाइडबडी जहाज फेरि बेइजिङ जाँदैछ ।
    यसअघि गत वैशाख २७ गते पनि पहिलो खेप स्वास्थ्य सामग्री लिन वाइडबडी जहाज चीनको राजधानी बेइजिङ गएको थियो ।
    चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर अनुदानमा दिने घोषणा यसअघि नै गरिसकेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल पठाउनका लागि दोस्रो खेप अक्सिजन सिलिण्डर तयार भएको जानकारी गराएकी छन् ।

    दोस्रो पल्ट स्वास्थ्य सामग्री लिन वाइडबडी जहाज आज साँझ बेइजिङ उड्ने नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलले जानकारी दिएका छन् । यो जहाजले कम्तिमा ४ सय थान सिलिण्डर, ४ सय थान अक्सिजन कन्सन्टे«टर र अन्य चिकित्सा सामग्री नेपाल ल्याउने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार