Nepal Face
  • आइतबार, १० साउन २०८३
  • व्यक्तिगत प्रयोजनका लागि सिलिन्डर लगिएको छैन : प्रहरी प्रधान कार्यालय


    शुक्रबार, बैशाख ३१ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  नेपाल प्रहरीले व्यक्तिगत प्रयोजनका लागि अक्सिजन सिलण्डर   नलगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ति जारी गरी विभिन्न सञ्चारमाध्यममा आएको उक्त समाचारमा सत्यता नभएको पनि प्रष्ट पारेको छ ।

    यद्यपी राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक सन्तोष पौडेलले सामाजिक सञ्जालमार्फत प्रहरीले व्यक्तिगत प्रयोजनका लागि सिलिण्डर लगेको आरोप लगाएका थिए। उनले प्रहरीलाई लगाएको  आरोप सामाजिक सन्जालमा भाइरल बनेको थियो। 

    प्रहरीद्धारा जारी विज्ञप्तिमा भनिएको छ–‘‘नेपाल प्रहरीले व्यक्तिगत प्रयोजनका लागि सिलिण्डरहरु लैजाने गरेको’ भन्ने जस्ता कपोलकल्पित आरोपमा कुनै सत्यता नभएको प्रष्ट गर्दै यस विषम घडीमा पनि निष्ठतापूर्वक अहोरात्र खटिने संगठनमाथि यस्ता भ्रामक, अतिरञ्जित आरोप लगाईनु, सामाजिक संजालमा प्रचार र प्रचारित हुनु आफैमा दुःखद रहेको छ ।

    त्यस्ता भ्रामक सूचना प्रति विश्वास नगर्न सम्पूर्णलाई आग्रह समेत गर्दछौ । महामारी विरुद्धको यो अभियानमा नेपाल प्रहरी फेरी पनि स्वास्थ्य क्षेत्रलाई पुऱ्याउनु पर्ने हर सहयोगका लागि प्रतिबद्ध छ ।’

    त्यसैगरी विज्ञप्तिमा पीडाको यस घडीमा १ जनाको ज्यान बचाउन सकिएमा पनि पुण्य हुने ठानी खटिएका प्रहरीका तमाम कर्मचारीले निर्वाह गरेको कर्तव्यपालनका सम्बन्धमा नै सर्वसाधारणलाई गलत सन्देश पुग्ने प्रकृतिका सूचना सम्प्रेषण हुनु सर्वथा अनुचित रहेको पनि उल्लेख छ ।

    यस्तो प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्ति

    police bigepti.jpg

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार