काठमाडौं । प्रतिनिधि सभामा हाल कायम सदस्य संख्याको बहुमत नपुग्ने अवस्थापछि नेपाली कांग्रेस वैकल्पिक सरकार दाबी गर्नबाट ‘ब्याक’ भएको छ । लामो कसरत र प्रयासपछि आफ्नो पक्षमा संख्या जुटाउन नसकेपछि कांग्रेस बहुमतको वैकल्पिक सरकार दाबी गर्नबाट पछि हटेको हो ।
कांग्रेसले गत २७ बैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिन नसकेपछि सरकारमाथि दाबी गर्ने भन्दै विपक्षी दलसँग सघन छलफल अघि बढाएको थियो । त्यसक्रममा विपक्षमा नै रहेको नेकपा माओवादी केन्द्रको समर्थन पाए पनि जनता समाजवादी पार्टीको सिंगो समर्थन प्राप्त गर्न नसकेपछि कांग्रेस सरकार दाबीबाट पछि हटेको हो ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेसको मात्रै संख्याले बहुमत नपुग्ने अवस्था भएको र जसपाले साथ नदिएपछि सरकारमाथि दाबी गर्ने अवस्था नरहेको बताए । कांग्रेसलाई जसपाभित्रको उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले भने वैकल्पिक सरकार गठनका लागि सहयोग गर्ने वचन दिएका थिए ।
तर, बिहीबार दिनभर एमालेकै माधव नेपाल समूहको निर्णयसमेत कुरेको कांग्रेसले सो समूहको राजीनामा नआउने अवस्था विकसित भएपछि सरकार दाबी प्रयासबाट पछि हटेको हो । कांग्रेसले अन्तिम अवस्थामा पनि जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग छलफल ग¥यो । तर, उनीहरू कांग्रेस नेतृत्वको सरकारका लागि तयार नभएपछि सभापति देउवाले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नै निवास बोलाएर अवस्थाबारे जानकारी दिए ।
देउवाले बिहीबार साँझ नै पदाधिकारी बैठक बोलाएर अवस्थाबारे जानकारी गराए । त्यसक्रममा उनले सरकारमाथि दाबी गर्ने अवस्था नबनेको ‘ ब्रिफिङ’ नेतासमक्ष गरे । कांग्रेस निर्णयसँगै प्रधानमन्त्री पदमा ओली नै पुग्ने पक्का भएको हो । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत सोमबार राति नै आह्वान भइसकेको छ ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमतीय आधारमा नयाँ सरकार गठनका लागि आहवान गरेकी थिइन् । सो व्यवस्थाअनुसार प्रतिनिधि सभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत पु¥याएको अवस्थामा सरकारमाथि दाबी गर्न सक्छन् । यसअघि, प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिँदा भने जसपाको ठाकुर र महतो समूह तटस्थ बसेको थियो । (राजधानी दैनिकमा खबर छ)
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend