Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • इटालियन सिरी ‘ए’ : युभेन्टसको सहज जित


    बिहिबार, बैशाख ३० २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबल अन्तर्गत गएराती भएको खेलमा युभेन्ट्सले सहज जित हाँसिल गरेको छ। 

    उपाधी जित्नबाट बन्चित भएको.युभेन्ट्सले सासोउलोलाई ३-१ गोल अन्तरले पराजित गर्दै सहज जित हाँसिल गरेको हो। 

    युभेन्ट्सलाई जित दिलाउन एड्रिन राबिओट, क्रिस्टियानो रोनाल्डो र पाउलो डिबलाले क्रमश:खेलको २८, ४५ र ६६ औं मिनेटमा समान एक-एक गोल गरे ।

    सासोउलोका लागि खेलको ५९ औं मिनेटमा गियाकोमाले गोल गर्दै सासोउलोलाई २-१ को स्थितिमा ल्याएका थिए ।

    जितसँगै युभेन्ट्सले ३६ खेलमा ७२ अंक जोडेको छ । युभेन्ट्स पाँचौं स्थानमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार