Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • कोरोना कहरमा सरकार कहाँ छ ? सरकारी अस्पतालमा पनि अक्सिजन अभाव


    बिहिबार, बैशाख ३० २०७८
    985
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। नयाँ भेरीयन्टको कोरोना भाइरसको दोस्रो लहरले महामारीको रुप लिएपछि देशभर संक्रमितको संख्या उच्च रहेको छ भने संक्रमणबाट मृत्यु हुनेहरुको दर पनि बढ्दै गएको छ। 

    कोरोनाको कहरपछि पछिल्ला दिनहरुमा देशभर रहेका अस्पतालहरुमा मेडिकल अक्सिजनको अभाव भएको छ। देशका सरकारीदेखि नीजी प्राय सबै अस्पतालहरुले अक्सिजनकै कारण देखाउदै नयाँ बिरामी भर्ना समेत नलिने सरकारलाई जानकारी गराएको छ। 

    यसैबीच, देशकै पुरानो सरकारी वीर अस्पतालमा समेत अक्सिजनको अभाव भएको पाइएको छ। वीरकै समन्वयमा रहेको राष्ट्रिय ट्रमा सेन्टरमा अक्सिजन अभाव भएको भन्दै अस्पतालका  डाक्टर सन्तोष पौडेलले सामाजिक संजालमा गुहार मागेका छन्। 

    हाल १०५ जना कोरोना संक्रमितको विरामीहरुको उपचार भइरहेको भन्दै अक्सिजनको चरम अभाव रहेकोले सहयोग गर्न सबैलाई आग्रह गरेका छन्। 

    तर, कोरोनाको महामारी र अक्सिजनको चरमले अस्पतालमा बिरामीहरु छट्पटाउदै मृत्युसँग जुधिरहेको बेला सरकार भने राजनीतिक खिचातानीमा व्यस्थ्य हुँदै नयाँ सरकार गठनका लागि अगाडि बढिरहेको छ। 

    186145913_10224359770000152_5526555487871040568_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार