Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुपन्देहीमा अक्सिजन अभावले ८ काेराेना संक्रमितको मृत्यु


    बुधबार, बैशाख २९ २०७८
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । रुपन्देहीका अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको अक्सिजन नपाएर मृत्यु भएको छ ।

    बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आईसीयूमा उपचाररत पाँच जना र भीम अस्पतालमा उपचाररच तीन जना संक्रमितको मृत्यु भएको हो ।

    अस्पतालमा भएको अक्सिजन बुधबार दिउँसो सकियो, आउनुपर्ने आइपुगेन । त्यही कारण आईसीयूमा उपचाररत रुपन्देहीका चार र नवलपरासीका एक संक्रमितको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

    भीम अस्पतालमा लुम्बिनी सांस्कृतिक नगरपालिका–११ का ३९ वर्षीय पुरुष, ओमसतिया गाउँपालिका–२ की ७० वर्षीया महिला र सिद्धार्थनगर नगरपालिका–४ कि ४४ वर्षीया महिलाको मृत्यु भएको हो ।

    संक्रमितले प्रयोग गरेका सिलिण्डरमा सकिएर करिब ८ मिनेटसम्म अक्सिजन सप्लाई हुन नसक्दा उनीहरुले ज्यान गुमाएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार