Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • निषेधाज्ञामा पनि घटेन काेराेना संक्रमितको संख्या, एकैदिन थप ९३०५ मा संक्रमण पुष्टि


    बुधबार, बैशाख २९ २०७८
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रम अझै राेकिएकाे छैन ।

    कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले लकडाउन समेत लागू गरिएको छ। तर, लकडाउनले कोरोना संक्रमण घटाउनुको सट्टा बढ्दै गएको मन्त्रालयको तथ्यांकमा देखिन्छ।

    पछिल्लो २४ घण्टामा थप ९३०५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआरबाट ९२३८ र एन्टिजेनमा ६७ जनमा संक्रमण पुष्टि भएको छ । यही अवधिमा १६८ जनाको मृत्यु भएको छ भने ४ हजार ४४४ जना निको भएका छन् ।

    सबैभन्दा बढी काठमाडौँमा ३२५० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा २४ घण्टामा कूल ३९२४ जनामा संक्रमण पुष्टि भएको छ ।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार