काठमाडौँ । गैरआवासीय नेपाली संघले ओमनबाट ६०० वटा अक्सिजन सिलिन्डर आइतबारसम्म नेपाल पठाउने भएको छ ।
अक्सिजनको अभावमा कोरोना संक्रमितको मृत्यु भइरहेका बलो संघले सिलिन्डर पठाउने भएको हो ।
मस्कटस्थित गैरआवासीय नेपाली सोसल क्लव (एनआरएन)का अध्यक्ष विकल झाका अनुसार सिलिन्डरको खरिद प्रक्रिया सुरु भइसकेको छ ।
सिलिन्डरका लागि झन्डै ७५ लाख रुपैयाँ पर्ने उनले बताए । ‘खाडी क्षेत्रमा रहेका एनआरएनले आवश्यक रकम जुटाउने काम भइरहेको छ । नपुग रकम भने एनआरएनको अन्तर्राष्ट्रिय समन्वय समितिले उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भने ।
खरिद भएको सिलिन्डरलाई नेपाल पठाउनको लागि ओमनस्थित नेपाली दूतावासलाई हस्तान्तरण गर्ने उनले वताए । दूतावासले नै आवश्यक प्रक्रिया पूरा गरी नेपाल पठाउनेछ,’ उनले भने ।
ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले अक्सिजन सिलिन्डर पठाउनका लागि परराष्ट्र मन्त्रालयमार्फत नेपाल एयरलाइन्ससँग समन्वय भइरहेको बताइन् ।