Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • ‘वर्तमान-पूर्वप्रधानमन्त्री वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं’


    बुधबार, बैशाख २९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिने विषयमा दुई धारमा विभाजित हुँदा नयाँ सरकार गठन प्रक्रिया जटिल बनेको छ। 

    जसपाका अध्यक्ष महन्थ ठाकुर नयाँ सरकार गठनको विपक्षमा र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा विभाजित हुँदा संविधानको धारा ७६ (२) अनुसार बिहीबार साँझसम्म मुलुकले नयाँ प्रधानमन्त्री पाउने सम्भावना कमजोर बन्दै गएको हो।

    यसैबीच, जसपाकै संघिय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री समेत रहेका डा.बाबुराम भट्टराईले भने अब देशको संकट समाधान गर्न नयाँ पुस्तालाई जिम्मा दिनुपर्ने बताएका छन्। 

    सरकार र सत्तामोहको खिचातानीमा अल्झिरहेका राजनीतिक दलहरुलाई आग्रह गर्दै अध्यक्ष भट्टराईले देशको संकट हल गर्न सकिने चार वटा बुँदाहरु अघि सारेका छन्।  बुधबार बिहान सामाजिक सञ्जालमार्फत् पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भनेका छन्-

    देशको संकट हल गर्न यसो गरौं:

    १.धारा ७६(२)वमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्वप्रधानमन्त्री वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं

    २.दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति

    ३.साझा न्यूनतम कार्यक्रम(कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन,आर्थिक राहत इ.)लागू

    ४.एक बर्षभित्र चुनाव !

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार