Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना खोप : चोस्रो चरण जेठ २ गतेदेखि


    बुधबार, बैशाख २९ २०७८
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । निषेधाज्ञाका कारण रोकिएको कोरोना भाइरसविरुद्धको खोप अभियानको दोस्रो चरण जेठ २ गतेदेखि शुरु हुने भएको छ।

    स्वास्थ्य कार्यालय काठमाडौँले जेठ २ गतेदेखि कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउने जनाएको छ।

    १८ देखि ५९ वर्ष उमेरका व्यक्तिहरूलाई कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाउने कार्यालयले जनाएको छ।

    कार्यालयले काठमाडौँ महानगरपालिका, कीर्तिपुर, टोखा, चन्द्रागिरि, नागार्जुन, तारकेश्वर, बुढानीलकण्ठ, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी मनोहरा नगरपालिकालाई जनस्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर खोप अभियान सञ्चालन गर्न भनेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार