काठमाडौं। नेकपा एमालेका वाग्मती प्रदेश सभाका सदस्य पशुपति चौलागाईंको निधन भएको छ ।
कोरोना भाइरस (कोभिड-१९ )संक्रमणका कारण मंगलबार राति करिब दश बजे मनमोहन अस्पतालमा चौलागाईँको निधन भएको हो।
गत साता कोरोना पुष्टि भएका उनको स्वास्थ्य अवस्था असहज बनेपछि मनमोहन अस्पतालमा उपचारका लागि लगिएको थियो ।
काठमाडौँ उपत्यकामा मंगलबार मात्रै ३९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्मकै धेरै २२५ जनाको मृत्यु भएको छ।