काठमाण्डौ। बहराइनका राजकुमारसहितको टोलीले सगरमाथाको सफल आरोहण गरेको छ ।
आज बिहान बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफा सहितको टोलीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिएकी छिन् ।
आरोहीहरु बिहान साढे छ बजेको समयमा शिखरमा पुगेका आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट प्रालिले जनाएको छ ।
कोरोना माहामारीपछि दोस्रो पटक कोही सगरमाथाको चुचुरोमा पुगेको यो दोस्रो पटक हो। सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर भएपछि भएको यो दोस्रो आरोहणसमेत हो।
सगरमाथा आरोहणका लागि यो समूह गएको मार्च १५ मा नेपाल आएको थियो ।
टोलीलाई सगरमाथाको शिखरमा पुर्याउने नेतृत्व १९ वर्षका टासी लाक्पा शेर्पाले गरेको सेभेन समिटले जनाएको छ ।