Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बहुमतको सरकारका लागि आह्वान गर्ने राष्ट्रपतिको तयारी


    सोमबार, बैशाख २७ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेकी छन् ।

    यसबारेमा संसद सचिवालयको आधिकारिक पत्र पाएपछि राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेकी हुन् ।

    ‘संसद सचिवालयले आजको मत परिणामसहितको जानकारी पत्र राष्ट्रपति कार्यालयमा पठाउँछ, त्यसपछि नयाँ सरकार गठन प्रक्रिया सुरु हुन्छ’ राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले भने ।

    सोमबार प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाए ।

    संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित नै भएनन् ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् ।

    जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसेका छन् ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार