Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • नेपाल सुपर लिग : काठमाडौँ शीर्ष स्थानमा रहँदै प्ले अफमा


    सोमबार, बैशाख २७ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल सुपर लिगअन्तर्गत आइतबार भएको अन्तिम खेलमा काठमाडौंँ  रेजर्सले एफसी चितवनलाई २–१ गोलअन्तरले पराजित गरेको छ । कुल ६ खेलबाट १३ अंक जोडेको काठमाडौँ लिगको शीर्ष स्थानमा रहँदै प्ले अफमा प्रवेश गरेको छ । 

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौँ लागि विदेशी मेसोउके ओलोमोऊ र संजोग राईले एकएक गोल गरे । चितवनका लागि सान्त्वना गोल राजीव लोप्चनले गरे ।

    चितवनले लिगका कुनै पनि खेल जित्न सकेन । चितवनले ६ खेलमा चारमा हार तथा दुई खेलमा बराबरी खेल्यो ।

    काठमाडौंँले अब फाइनल प्रवेशका लागि मंगलबार धनगढी एफसीसँग प्लेअफमा खेल्नेछ ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार