Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप


    आइतबार, बैशाख २६ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ।

    एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आइतबार यस्तो ह्वीप जारी गरेका हुन् । 

    प्रधानमन्त्री ओलीले सोमबार दिउँसो १ बजे बस्ने प्रतनिधि सभाको बैठकमा विश्वासको मत लिँदै छन्।

    एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहले ओलीकाे विश्वासको मत असफल पार्न केही सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका बेला भट्टराईले ह्वीप जारी गरेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार