Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • पोखरा काेराेना अपडेट: थप ११ जना सङ्क्रमितको मृत्यु


    आइतबार, बैशाख २६ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न अस्पतालमा भर्ना भएका ११ जनाको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।

    उनकाअनुसार मृत्यु हुनेहरुमा पोखरा महानगरपालिका–१७ का ५३ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । 

    त्यसैगरी रुपन्देहीको सिद्धार्थ नगरपालिका–८ का ६० वर्षीय पुरुषको पनि पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।

    त्यसैगरी स्याङजाको वालिङ नगरपालिका–३ का ४५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । 

    त्यसैगरी पोखरा महानगरपालिका– ९ की ३१ वर्षीय महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

    यस्तै म्याग्दी जिल्लाको मालिका गाउँपालिका –५ का ५८ वर्षीय पुरुषको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।  स्याङजा गल्याङ नगरपालिका –३ की ६० वर्षीय महिलाको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।  

    यस्तै पोखरा महानगरपालिका–२ की ५८ वर्षीय महिलाको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । 

    त्यसैगरी पोखरा महानगरपालिका–२७ का ५२ वर्षीय पुरुषको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । 

    त्यसैगरी पोखरा महानगरपालिका–१९ का ५८ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

    त्यसैगरी पोखरा महानगरपालिका १२ की ३५ वर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ ।

    २ वर्षीय पुरुषको समेत उपचारका क्रममा पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा यही बैशाख २१ गते कोरोना देखिएको थियो ।  योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६२ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार