Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अफगानिस्तानको एक स्कुल नजिक बम विस्फोट, कम्तिमा ३० जनाको मृत्यु


    आइतबार, बैशाख २६ २०७८
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । अफगानिस्तानमा एउटा विद्यालय नजिकै शनिबार साँझ बम विस्फोट हुँदा ३० जनाको मृत्यु भएको छ । सयौँ व्यक्ति घाइते भएका छन् ।

    राजधानी काबुलको पश्चिमी क्षेत्रमा रहेको माध्यमिक विद्यालय नजिकै भएको कार बम विस्फोटमा ज्यान गुमाउनेहरु धेरैजसो बालिका रहेका छन् ।

    बेलुकी विद्यालय बिदा भएर विद्यार्थीहरु घर फर्किदै गर्दा विस्फोट भएको  बीबीसीसीले जनाएको छ ।

    सुन्नी इस्लामिक आतंकवादीहरुको पकड रहेको क्षेत्रमा भएको घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । आउँदो सेप्टेम्बर ११ मा अमेरिकी सेना फिर्ता हुने भएपछि अफगानिस्तानमा हिंसाका घटनाहरु बढिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार