एजेन्सी । स्पेनिस ला लिगा फुटवलमा बार्सिलोनाले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
गएराति भएको खेलमा एट्लेटिको मड्रिडसँग गोलरहित बराबरीमा रोकएपछि बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको हो ।
खेलमा दुवै टोलीले गोल गर्ने उत्कृष्ट मौका पाए पनि सदुपयोग गर्न भने सकेनन् ।
बराबरीसँगै शीर्ष स्थानको एट्लेटिकोको ७७ अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको ७५ अंक छ ।