काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई पुनः कोभिड–१९ सङ्क्रमण देखिएको छ ।
पीसीआर परीक्षणका क्रममा पुनः सङ्क्रमण देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन्। हिजो शुक्रबार प्रधानमन्त्रीसहित प्रेस सल्लाहकार, स्वकीय र निजी सचिवालय तथा सुरक्षा निकाय र चालक दलका सयभन्दा बढीको पीसीआर परीक्षण गरिएको थियो
थापालाई यस गत साल असार १७ गते पनि कोरोना पोजेटिभ देखिएको थियो।