Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजनीतिक सरगर्मी तीब्र, प्रचण्डले देउवा भेटे, माधव नेपाल पक्षलाई फकाउँदै ओली 


    शुक्रबार, बैशाख २४ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ मा विश्वासको मत लिने निर्णय गरेसँगै राजनीतिक सरगर्मी बढेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा मिलेर अविश्वास प्रस्ताव ल्याउने सुईको पाएपछि ओलीले विश्वासको मत लिने निर्णय गरेका हुन् । तर एमालेभित्रकै माधव नेपाल र झलनाथ खनाल समूहले ओलीले विश्वासको मत लिइसकेपछि झन् पेल्ने निष्कर्ष निकाल्दै सांसद पदबाटै राजीनामा दिनेबारेमा छलफल अगाडि बढायो ।

    माधव नेपाल पक्षका २१ सांसदले राजीनामा दिने तहमा आइसकेपछि प्रधानमन्त्री ओली बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकन्ठ पुगे । उनले बुढानीलकन्ठमा देउवासँग अर्लि इलेक्सनमा जानका लागि आग्रहमात्र गरेनन्, सरकारमै सहभागी भइदिनका लागि अनुनय बिनय गरे ।

    एमालेबाहेकको सरकार नबन्ने दाबीसहित ओलीले देउवालाई २–३ वटा पार्टी जोडेर सरकार बनाउनु नहुने कुरा सुनाएर फर्किए । 
    देउवालाई भेटेर फर्किएका ओली त्यसपछि माधव नेपाल पक्षका नेताहरुलाई फकाउन लागेका छन् । शुक्रबार राष्ट्रपति निवास शितलनिवासमा माधव नेपाललाई बोलाएर राजीनामा दिएर अप्ठेरो नपार्नका लागि भन्न लगाए । तर पनि माधव नेपालले २०७५ जेठ २ को अवस्थामा नपुगेसम्म सहमति नहुने प्रष्ट पारेका छन् । आज पनि बालुवाटारमा एमालेका माधव नेपाल पक्षीय नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, योगेश भट्टराई, गोकर्ण बिष्टसँग ओली पक्षका विष्णु पौडेल र सुवास नेम्वाङले वार्ता गरिरहेका छन् ।

    यसैगरी, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।

    प्रचण्ड आज साँझ ६ बजे देउवा निवास पुगेका थिए । देउवा र प्रचण्डबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो । ओलीले लिन लागेको विश्वासको मत असफल पार्नेबारेमा बारेमा प्रचण्ड र देउवाबीच छलफल भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार