Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनगढीमा कोरोनाको महामारी, थप चार जना संक्रमितको मृत्यु


    शुक्रबार, बैशाख २४ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली । जिल्लामा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

    दुई जनाको धनगढीस्थित सेती अस्पतालमा र दुई जनाको प्राइभेट अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यलय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। 

    मृत्यु हुनेहरुमा सेती अस्पतालमा १७ वर्षीय पुरुष, ३५ वर्षीया महिला र धनगढीस्थित एक प्राइभेट अस्पतालमा ७८ वर्षिया वृद्धा र एक पुरुषको मृत्यु भएको जोशीले बताए। 

    पछिल्लो समय कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि मृत्यु हुनेहरुको संख्या दिनहुँ बढ्दै गएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार