काठमाडौे। कोरोना भाइरस (कोभिड–१९)ले फोक्सोमा असर गर्ने हुँदा फोक्सोले राम्रोसँग काम गर्न सक्दैन । यसकारण फोक्सोलाई सहयोग गर्ने गरी बिरामीलाई अक्सिजन दिनु एक महत्वपूर्ण उपचार पद्धति हो ।
पछिल्लो समय देशभर कोरोना संक्रमितको सङ्ख्या थपिँदै जाँदा संक्रमितहरुको उपचारका लागि अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेको छ।
हामीले पछिल्लो समय अक्सिजनकाे अभावमा बिरामीकाे मृत्यु भएकाे समाचार दिनप्रतिदिन पढेका छाै तर यस्ताे अवस्थामा पनि द्योगीहरुले भने अक्सिजन भण्डारण गरेर राख्ने गरेकाे पाइएकाे छ ।
यसअघि सरकारले देशभर कोरोना संक्रमणको कारण अक्सिजन अभाव हुने भन्दै उद्योगधन्दाहरुमा अक्सिजन प्रयोग नगर्न पटक पटक भन्दै आएको थियो। तर, सरकारको उक्त आदेशलाई वेवास्ता गर्दै अहिले पनि ठूलो परिमाणमा उद्योगधन्दाहरुमा अक्सिजन प्रयोग भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दावी गरेको छ।
बिहीवार दिउँसो मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ठूलो सङ्ख्यामा अक्सिजन सिलिण्डरहरु खाली रहने र भरेर राख्ने गरेको समेत पाइएको बताएकाे छ ।
सरकारको निर्णयको अवज्ञा गरेमा संक्रमण ऐन २०२० अनुसार कारबाही गर्न स्थानीय प्रशासनलाई अनुरोध गरेको छ।
