कास्की । कास्कीको पोखरामा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्राेतका अनुसार बुधबार राति र बिहीबार बिहान गरी कुल ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा महानगरपालिकाका तीन जना र म्याग्दीको धौलागिरि गाउँपालिकाका एकजना छन् ।
चरक अस्पतालमा पोखरा महानगरपालिका–३ का ८७ वर्षीय पुरुषको वैशाख २२ गते बुधबार मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका–२९ का ४१ वर्षीय पुरुष, वडा नम्बर १७ की ७३ वर्षीय पुरुष र म्याग्दीको धौलागिरि गाउँपालिका–२ की ७२ वर्षीया महिलाको मृत्यु भएको छ ।
स्राेतका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार बिहान ६ः५५ बजे पोखराकै ७३ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो ।
तेस्तै म्याग्दीकी ७२ वर्षीया महिलाको बिहीबार बिहान ७ः१० मृत्यु भएको स्राेतले बताएकाे छ।